साताको दोस्रो दिन नेप्से परिसूचक १.५४ अंकले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९२ पटक पढिएको

सोमबार अर्थात साताको दोस्रो दिन नेप्से परिसूचक १.५४ अंकले बढेको छ। नेप्से एक अंकले बढेसँगै नेप्से परिसूचक २५४३.३९ को बिन्दुमा कायम भएको छ।

सोमबार जम्मा ५३,१५,२९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय २.६२ को कारोबार भएको छ ।

आज ६६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ८ वटा कम्पनीको शेयर मुल्य अपरिवर्तित रहेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित