२ दिने शिशुसहित एकैपरिवारका ५ जना मृत फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८१ पटक पढिएको

ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ। ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ नल्लुस्थित काइली स्याङ्बोको घरभित्र सुतेको अवस्थामा चारजना र दुईदिनको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए।

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङताङ, नाती ९ वर्षीय आशिष स्याङताङ र नातिनी ५ वर्षीय आस्मा स्याङताङ छन्। त्यस्तै २३ वर्षीय छोरा सुभाष स्याङताङ घाइते छन् । नवजात दुई दिनको शिशुको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनास्थलमा बालेको कोइला फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ। अहिले घटनास्थलमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पुगेर अनुसन्धान थालेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित