सिटीको सानदार जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४८ पटक पढिएको

आइतबार राति इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । सिटिको जितमा केबिन डे ब्रुयने र रियाद मेहरेजले सुरुवाती  गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४-१ अन्तरको जित निकालेकाे हाे ।

खेलको सुरुवाती अवस्थामा २-१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा पुगेको हाे ।

जितसँगै २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ ।

यो हारसँगै युनाइटेड २८ खेलबाट ४७ अंकसहित पाँचौ स्थानमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित