६८ जना संक्रमित थपिए, २ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७६ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ६८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ९ सय २९ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ६१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७  पुगेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित