सुनको भाउ प्रतितोला १ लाख नाघ्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११८ पटक पढिएको

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित