नेप्से परिसूचक ३.६६ अंकले घट्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११० पटक पढिएको

आइतबार अर्थात साताको पहिलो दिन नेप्से परिसूचक ३.६६ अंकले घटेको छ। तीन अंकको गिरावटसँगै नेप्से परिसूचक २५४३.३९ को बिन्दुमा कायम भएको छ।

आइतवार जम्मा ५१,३९,२३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७२.५२ को कारोबार भएको छ ।

आज ७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी १३ वटा कम्पनीको शेयर मुल्य अपरिवर्तित रहेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित