अभिनेता शाहलाई थप १२ दिन थुनामा राखी गहिरो अनुसन्धान गर्न आदेश
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४१ पटक पढिएको
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाहलाई थप १२ दिन थुनामा राखेर गहिरो अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।
बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए। उनी आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गरेका हुन्। आत्मसमर्पण गरेलगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेपछि थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए।
प्रतिक्रिया दिनुहोस