माओवादी केन्द्रको केन्द्रिय समिति बैठक स्थगित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०२ पटक पढिएको

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक स्थगित भएको छ। आज बस्ने उक्त बैठक तयारी नपुग्दा सोमबारलाई सारिएको छ। 

सोमबार ११ बजे बस्ने गरि बैठक सारिएको पार्टी नेताहरुले जनाएका छन् । भोलि हुने बैठकमा एमसीसी विवादको टुंगो लगाएपछी केन्द्रिय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ।

पुसमा सम्पन्न माओवादीको महाधिवेशनले १०% सदस्य केन्द्रिय समितिबाट चयन गर्ने व्यवस्था गरेको थियो। आठौं महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रिय कमिटि निर्धारण गरेको थियो। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित