प्रतिनिधिसभाद्वारा ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०३ पटक पढिएको
प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।
समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् । जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
सो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदमुक्त हुने संवैधानिक व्यवस्था छ । सिफारिस समिति गठन भएसँगै अब महाभियोगको विषय संसदमा प्रवेश भएको छ ।