पालना भएन अस्थायी युद्धविराम
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२८ पटक पढिएको
रुस र युक्रेनका अधिकारीले मरिउपोल र भोल्नोभाख सहरमा अस्थायी युद्धविराम गर्ने सहमति भएको घोषणा गरेका थिए । रुसी समाचार संस्था तासले युद्धविराम सहमतिसँगै ती सहरका स्थानीयलाई बाहिर निस्कन मानवीय निकाश मार्ग खुला गरिने जनाएको थियो ।

दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि मार्ग खुला गर्ने सहमति भएको थियो । तर रुसी पक्षले युद्धविरामको पालना नगरेपछि सर्वसाधारणलाई मरिउपोलबाट बाहिर लैजाने काम स्थगित गर्नुपरेको युक्रेनी अधिकारीले जनाएका छन् ।
युक्रेनमा रूसी आक्रमणको ११ औं दिनमा प्रवेश गर्दा सर्वसाधारणहरू फरकफरक स्थानमा गएर आश्रय लिनुपर्ने बाध्यता आई परेको छ। यसै बीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई रुसको आक्रमणको "झटका" सहेर बस्दै आएको र अब पनि पछाडी नसरि नागरिकहरूलाई युद्ध जारी राख्न आग्रह गरेका छन्।
शनिबार राति कीभबाट दिएको एक भावपूर्ण भाषणमा जेलेन्स्कीले देशलाई युद्ध सुरु गर्ने समय आएको छ भन्दै आफ्नो धारणा राखेका थिए।बीबीइसीबाट