युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा नेटो नेताहरूको निर्णयमाथि आक्रोशपूर्ण निन्दा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२३ पटक पढिएको

आज युक्रेन-रूस युद्धको दशौं दिन पुग्दा युक्रेनका राष्ट्रपतिले आफ्नो देशमा नो-फ्लाई जोनलाई अस्वीकार गरेकोमा नेटो नेताहरूको आक्रोशपूर्ण निन्दा गरेका छन्। त्यस्तै रुसले केही भवनहरूमा गोलाबारीमा गरेपछि रुसी सेनाले प्लान्टलाई कब्जामा लिएको छ।

साथै ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान प्रतिबन्ध क्षेत्र स्थापना नगर्ने बताएका छन् । उक्त निर्णयबाट आक्रोशित युक्रेनका राष्ट्रपति भोभोडिमिर जेलेन्स्कीले वक्तव्य जारी गरेर पश्चिमी देशहरुको आलोचना गर्दै नेटो नेतृत्वले युक्रेनका शहर र गाउँको विनाशलाई अनुमोदन गरेको बताएका छन् । युक्रेनका जनतालाई टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई युक्रेन विरुद्ध रूसको आक्रमकता बढ्ने बताएका छन् । 

युक्रेनको उत्तर, दक्षिण र पूर्वी क्षेत्रमा नवौं दिनमा दिनभरि भीषण भिडन्त  भएको थियो। राजधानी कीभमा रुसको नयाँ मिसाइल आक्रमण भएको छ भने शहरभरि विष्फोटको आवाज सुनिएको छ । साथै, रूसी घेराबन्दीमा रहेको दक्षिणपूर्वी तटीय शहर मारियुटोलमा पनि बम विस्फोट जारी रहेको छ। बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित