इतिहासमै पहिलो पटक मुटुको भल्ब प्रत्यारोपण
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३३ पटक पढिएको
नेपालको इतिहासमा पहिलो पटक बिना शल्यक्रिया मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शुक्रवार सहिद गंगालाल हृदय केन्द्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले मुटुको भल्ब प्रत्यारोपण गरेको बताएका हुन् ।
एक ८० बर्षीया महिलाको सहिद गंगालाल हृदय केन्द्रमा भल्ब प्रत्यारोपण गरिएको हो। अधिकारीले ‘ टान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन ( टिएभिआई )’ बिधि मार्फत भल्ब फेरिएको बताए।
डा. अधिकारीका अनुसार यस्तो उपचार गर्न २० देखि २५ लाख रुपैयाँ लाग्छ। उनले दाबीका साथ अन्य देशहरुले लिने चार्ज भन्दा ५० प्रतिशात कम मै यो उपचार गरिने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस