१२६ जना संक्रमित थपिए, १ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४५८ पटक पढिएको
पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ९ सय ३३ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ पुगेको छ ।
त्यस्तै आज ३७ हजार १ सय ९२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस