पेट्रोलियम क्षेत्रका संगठनद्वारा माग पूरा गर्न सामूहिक दबाब

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१७ पटक पढिएको

पेट्रोलियम क्षेत्रका संगठनले इन्धन आपूर्ति, ढुवानी, वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न सामूहिक दबाब अभियान थालेका छन्।आज राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिद्वारा संचालित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै अति आवश्यक मागहरु समाधानको लागि पहल गरेको छ। 

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बैठकले पेट्रोलियम क्षेत्रमा देखिएका समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेस गर्ने निर्णय गरेको छ। उक्त विज्ञप्तिमा पेट्रोलियम ऐन बनाउनुपर्ने, एलपी ग्यास बिक्री तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने तथा पेट्रोलियम व्यवसाय सुधार कार्ययोजना लागू गर्नुपर्नेलगायत माघ अघि सार्ने निर्णय बैठकले गरेको छ।

समितिका संयोजक एवं एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम साधनमा ढुवानी भाडादर समायोजन हुनुपर्ने, पेट्रोलियम पदार्थको प्राविधिक नोक्सानी तथा शृंकेज सम्बन्धमा भएको अध्ययन समितिको प्रतिवेदन लागू गर्नुपर्ने एलपी ग्यास ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा स्वचालित भाडादर कायम हुनुपर्ने माग गर्ने निर्णय गरेको छ।

विज्ञप्तिमा उल्लेख गरिएको मागहरु १५ दिन भित्र पुरा गरिदिन समन्धित निकायलाई बैठकबाट अनुरोध गरिएको छ। उक्त समय भित्र माग पुरा नभए आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरिने र थप कार्यक्रम प्रकाशित गर्ने व्यहोरा पत्रकारहरुलाई जानकारी गराउदै बैठक समाप्त भएको छ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित