रुसद्वारा युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०७ पटक पढिएको
रुसी सैनिकले जेपोरजिया न्यूक्लियर प्लान्टको चारैतिर गोलीबारी गरिरहेको युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जनाएका छन् । उक्त प्लान्टमा हमलाका कारण आगो लागेको छ। यो युरोपकै सबैभन्दा ठूलो पावर प्लान्ट हो ।
युक्रेनी विदेशमन्त्री कुलेबाले ट्वीटरमा लेखेका छन्, ‘रुसीहरुले तत्काल गोलीबारी बन्द गरुन्, ताकि अग्निनियन्त्रकहरु त्यहाँसम्म पुग्न सकुन् ।’ओपन न्यूक्लियर नेटवर्कका निर्देशक लाउरा रकवुडले ‘बीबीसी रेडियो ४’लाई बताएअनुसार युद्धका कारण युक्रेनको इलेक्ट्रिसिटी ग्रिड प्रभावित हुन सक्छन् । ती ग्रिड न्यूक्लियर पावरमा निर्भर रहेका छन् ।
उनका अनुसार प्लान्ट आसपास सैन्य संघर्षले दुई खतरा बढाएको छ। प्लान्टलाई भारी नोक्सान हुने र त्यहाँ काम गर्ने कामदार प्रभावित हुन सक्छन् । त्यसभन्दा बढी गम्भीर खतरा प्लान्ट ठप्प हुने र परमाणु दुर्घटना हुन सक्ने भएको छ ।
युक्रेनमाथि रुसी हमलाको आज नवौं दिन हो । दोस्रो विश्वयुद्धपछि युरोपको कुनै देशमाथि यो अहिलेसम्मकै ठूलो हमला हो । बीबीसीबाट