१०५ जना संक्रमित थपिए, ३ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७६ पटक पढिएको
पछिल्लो २४ घण्टामा थप ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ९ सय २४ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ पुगेको छ ।
त्यस्तै आज १ लाख २४ हजार ७ सय ८८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस