छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४१ पटक पढिएको
चितवन, आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धनमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस