लोरेन्जो भिनुटीको गोल,युभेन्ट्सको जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२२ पटक पढिएको

कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई पराजित गरेको छ। लोरेन्जो भिनुटीको आत्माघाती गोलका कारण युभेन्ट्सले उक्त्त जित निकालेको हो ।

घरेलु टोली फियोरेन्टिनाले युभेन्ट्सलाई दवाव दिए पनि गोल भने गर्न सकेन । १-० अन्तरको जित सँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  

युभेन्ट्सले यस्तै नतिजा दोस्रो लेगमा पनि  कायम राख्न सके फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको घरेलु मैदानमा २० अप्रिलमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित