ग्याल्पो ल्होसारको अवसरमा भोलि सरकारद्वारा सार्वजनिक बिदा घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२९ पटक पढिएको
सरकारले भोलि फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो ।

गृह मन्त्रालयबाट जारी सूचना अनुसार भोलि नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुलाई सार्वजानिक बिदा दिने भएको छ। ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस