प्रतिनिधिसभाको बैठक सम्पन्न, अर्को बैठक आइतबार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०५ पटक पढिएको

प्रतिनिधिसभाको बुधबार बसेको बैठक सम्पन्न भएको छ । बुधबार बसेको बैठकमा सभामुखले सम्बोधन नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको हो।

बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गरेका थिए । प्रतिवेदन पेस गरेपश्चात् सभामुख अग्निप्रसाद सापकाटाले यही फागुन २२ गतेसम्मलाई संसद् बैठक स्थगित गरेका छन् ।

अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित