हतियार सहित तीन जना पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२३ पटक पढिएको
प्रहरीले हतियार सहित तीन जनालाई पक्राउ गरेको छ । बाँके, डुडुवा गाउँपालिका-४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका-१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका-३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
उक्त स्थानमा गोली पड्किएजस्तो आवाज आएपछि ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको सुसान्तले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी