देशभर १५८ संक्रमित थपिए, २ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११९ पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर १५८ जना कोभिड १९ संक्रमित थपिएका छन् । ६ हजार ५०४ वटा नमुनामा परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३५४ जना संक्रमणमुक्त भएका भने देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ । आज थप दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित