गृहमन्त्री खाँडले गरे पशुपती दर्शन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३३ पटक पढिएको
गृहमन्त्री बालकृष्ण खाँडले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर को दर्शन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार गृहमन्त्री खाँडले बिहान पशुपतिनाथको दर्शन गरेका थिए । उनले पूजा आराधनापश्चात पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि सोधपुछ गरेका थिए । महाशिवरात्रिका अवसरमा देशका बिभिन्न स्थानहरुका शिवालायहरुमा भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बिहान ३ बजेदेखि आउने क्रम जारी रहेको छ । भक्तजनका लागि ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको हो। कोषका अनुसार आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने छ ।
प्रतिक्रिया दिनुहोस