युक्रेनलाई नेपालको साथ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११७ पटक पढिएको

रुस र युक्रेनबिच भैरहेको लडाईँमा नेपालले युक्रेनलाई साथ दिएको छ। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्‍ नेपालले युक्रेनलाई साथ दिएको हो । स्थानीय समयअनुसार स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा सोमबार भएको मतदानमा नेपालले युक्रेनलाई समर्थन गरेको हो । 

रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको संरक्षण गर्ने सम्बन्धामा छलफल गर्न परिषद्ले सोमबार आपतकालीन बैठक बोलाएको थियो । 

मतदानमा परिषद्का जम्मा ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षका २९, विपक्षमा ५ र तटस्थ १३ राष्ट्र बसेका थिए । 

छिमेकी भारत तटस्थ र चीन विपक्षमा उभिएका बेला नेपालले युक्रेनको पक्ष लिएको हो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित