१० लाख दर्शनार्थीहरुले शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्ने
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९९ पटक पढिएको
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले यस बर्ष १० लाख दर्शनार्थीहरुले शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्ने भएका छन् ।
नजिकिँदै गरेको शिवरात्रिको कारण पशुपति क्षेत्रमा भक्तजनहरुको उपस्थिति बढेको छ। अघिपछि भन्दा महाशिवरात्रिको अघिल्लो दिन भक्तजन र बाबाहरुको उपस्थिति बाक्लिएको हो ।
बिगतका बर्षहरुमाझैं यो सालपनी पशुपतीनाथ मन्दिरमा भारत र श्रीलंकाबाट शिवरात्रिको अवसरमा बाबाहरुको उपस्थिति रहेको छ ।
महाशिवरात्रीमा भक्त्तजनहरुलाई दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन चुस्त दुरुस्त बनाएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
उनले आजसम्म लगभग १५ हजार जना साधुसन्त आइसकेको र यो संख्या भोलिसम्म ५० हजारसम्म पुग्ने अनुमान रहेको बताए ।
प्रतिक्रिया दिनुहोस