रुस र युक्रेनबीच वार्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९९ पटक पढिएको

सोमबार भएको वार्ताका क्रममा युद्धमा होमिएका रुस र युक्रेनका बीचमा युक्रेनले दुई माग अगाडी सारेको छ । बेलारुसमा भएको उक्त्त वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त राखेको हो । 

अधिकारीहरुले युक्रेनको उल्लेखित दुई शर्तले सकारात्मक मोड लिने संम्भावना कम रहेको जनाएका छन् । वार्ताले सकारात्मक नतिजा नदिने युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले बताएका थिए । उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिएका थिए । 

रुसी आक्रमणको पाँचौ दिनमा उक्त्त वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसमा भएको भएको थियो। रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाउने चेतावनी दिएको छ । युक्रेनमा रुसी सेनाको अहिले पनि आक्रमण जारी छ। एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित