एथ्लेटिको क्लबबिरुद्द बार्सिलोनाको सहज जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११५ पटक पढिएको

बार्सिलोनाले एथ्लेटिको क्लबबिरुद्द सहज जित निकालेको छ । आइतबार राती भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलामा बार्सिलोनाले  एथ्लेटिको क्लबलाईइ ४-० को गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा प्रभावशाली जित निकाल्दा तेस्रो स्थानको रियल बेटिससँगको दूरी एक अंकमा घटाएको छ । 

२५ खेलबाट ४५ अंक जोड्दै बार्सिलोना चौथो स्थानमा छ भने बेटिस २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । रियल मड्रिड २६ खेलबाट ६० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ। 

बार्सिलोनाको जितमा औसमाने डेम्बेले, लुक डि जङ, पिएरे एमरिक औबामेयाङ र मेम्पिस डिपाएले १-१ गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको क्याटलान क्लबले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

हार बेहोरेको एथ्लेटिको २६ खेलबाट ३७ अंकसहित आठौं स्थानमा छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित