रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११९ पटक पढिएको
रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ। पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका कडा प्रतिबन्धहरूका कारण रुबलको मुल्यमा गिरावट आएको बीबीसीले जनाएको छ ।
अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले ह्रास आएको हो ।
प्रतिबन्धहरूका कारण युरोको मूल्यमा पनि एक प्रतिशतले गिरावट आएको छ । त्यस्तै तेलको मूल्यमा पनि वृद्धि भएको छ।
नगद झिक्न सरकारले सीमा तोक्न सक्ने डरका कारण रुसमा एटीएम बाहिर मानिसहरूको लामो लाइन देखिएका छ।
रुसी स्वामित्वका ब्याङ्कहरूले युरोपमा काम गर्न छाडिसकेका छन्।
रुसको केन्द्रीय ब्याङ्कमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न नपाउने भएको छ ।बीबीसी
प्रतिक्रिया दिनुहोस