बेलारुसले युक्रेनमा सेना पठाउने
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८४ पटक पढिएको
रूसी सेनालाई सहयोगका लागि बेलारुसले युक्रेनमा सेना पठाउने भएको छ। रूसी आक्रमणमा सहयोग गर्न युक्रेनमा आफ्नै सैनिकहरू पठाउने तयारी बेलारुसले गरिरहेको बीबीसीले जनाएको छ ।
वाशिंगटन पोस्टका अनुसार्, एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बेलारुसले सेना तैनाथको तयारी गरिरहेको छ जुन आजबाट सुरु हुन सक्ने भनिएको छ ।
पुष्टिका लागि बीबीसीले पेन्टागन र ह्वाइट हाउसलाई इमेल गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले उनलाई फोनमा बेलारूसी सेना युक्रेनमा नपठाउने वाचा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस