१११ जना संक्रमित थपिए, १ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११४ पटक पढिएको
नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा थप १११ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। ९ हजार ७१० नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

आज कोरोना भाइरसका कारण १ जना ले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६ जना कोभिड संक्रमित थपिएका छन्। काठमाडौंमा ३०, भक्तपुरमा ३ र ललितपुरमा ३ जना संक्रमित थपिएका हुन् ।
आइतबार थप ४१५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ। त्यस्तै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ जना रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस