अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२० पटक पढिएको

 बर्दिया, बढैयाताल गाउँपालिका-८ रिहारबाट ८ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-८ बस्ने २१ वर्षीय सुमन थारु र बढैयाताल गाउँपालिका-८ बस्ने ३५ वर्षीया राज कुमारी थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित