अभिनेता पल शाहद्वारा आत्मसमर्पण
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५२ पटक पढिएको
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाहले आइतबार तनहुँ पुगेर प्रहरीसामु आत्मसमर्पण गरेका छन्। सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै शाह आफै प्रहरीसमक्ष उपस्थित हुने बताएको केहि समयमा नै तनहुँ प्रहरी पवक्ता युवराज खड्काले नायक शाह प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएका हुन्।
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
अभिनेता शाहमाथि उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको आरोप लागेको छ। ती किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार भएको जिल्ला प्रहरी कार्यालयले बताउदै आएको थियो। फरार रहेका शाहले आज प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस