१५५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९७ पटक पढिएको

पछिल्लो २४ घण्टामा नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५,१५२ वटा नमुनाको परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको हो । २,२३९ नमुनाको पीसीआर परीक्षण गर्दा १०१ र  २,९१३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको हो ।

आज कोरोनाका कारण देशभर २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११,९३४ पुगेको छ । त्यस्तै हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या  ८,८३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित