हिथ्रो विमानस्थलबाट सबै छोटो दुरीका उडानहरू रद्द
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९७ पटक पढिएको
ब्रिटिश एयरवेजले हिथ्रो विमानस्थलबाट सबै छोटो दुरीका उडानहरू रद्द गरेको छ। ब्रिटिस एयरवेजले प्राविधिक समस्याहरूको कारण उडानहरु रद्द गर्दै माफी मागेको हो।

साथै हिथ्रोमा सबै लामो दूरीका सेवाहरू र ग्याटविक र लन्डन सिटी एयरपोर्टमा सबै उडानहरू योजना अनुसार सञ्चालन हुने तर ग्राहकहरूले केही ढिलाइ अनुभव हुन सक्ने भन्दै कम्पनीले माफी मागेको समाचार संस्था सीएनएनले जनाएको छ। यसअघि उडान भर्दा सामान उतार्न र लोड गर्न ढिलाइ भएपछि प्राविधिक समस्याहरु भएको द सन्डे टायम्सले खबर उद्धृत गरेको थियो ।
यात्रा गर्ने जो कोहीलाई पनि एयरपोर्टमा यात्रा गर्नु अघि आफ्नो उडान स्थिति जाँच गर्न सल्लाह दिईएको छ। हिथ्रोमा शुक्रबारदेखि सुरु भएको प्राविधिक समस्याहरू समाधान गर्न थप काम भईरहेको द सन्डे टायम्सले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस