रुसी हमलाले २४० युक्रेनी सर्वसाधरणको हताहत: भासिल्किभको तेल डिपोमा क्षेप्यास्त्र
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९९ पटक पढिएको
रूसी क्षेप्यास्त्रहरूले भासिल्किभको तेल डिपोमा प्रहार गर्दा विषाक्त धुवाँको चाप बढ्दै गएको छ। कीभमा हवाई आक्रमण हुने भन्दै साइरनहरूले मध्यरातमा आगमन क्षेप्यास्त्रहरूको चेतावनी दिएको थियो।
युक्रेनमाथि रुसले हमला गरेको आज चौथो दिन पुग्दा युक्रेनका कयौँ शहरमा भीषण युद्ध जारी रहेको छ । युक्रेनी राजधानीका बासिन्दाहरूले सोमबार बिहानसम्म कर्फ्यू लगाई भूमिगत बसेर आफ्नो रात कटाएको त्यहाँका स्थानीय समाचार एजेन्सीलाई जानकारी दिएका छन्। युक्रेनमा अहिलेसम्म हमलाका कारण ६४ जनाको मृत्यु भएको छ भने कूल २४० जना आम नागरिक घाइते भएको राष्ट्रसंघले पुष्टि गरेको छ।
यसैबीच पश्चिमी देशहरूले हमला जारी रहे केही रूसी बैंकहरूलाई स्विफ्ट नेटवर्कबाट हटाउने र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावकारी रूपमा विच्छेद गर्ने बताएका छन्। अमेरिका, जर्मनी र नेदरल्याण्ड्सले युक्रेनको युद्ध प्रयासलाई सहयोग गर्न थप हतियार पठाइरहेको बीबीसीले जनाएको छ ।