करिब २१ किलो ७ सय २५ ग्राम चाँदी जस्तो देखिने वस्तुसहित दुई पक्राउ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३१ पटक पढिएको

दैलेख, ढुङगेश्वर गाउँपालिका-१ स्याउली बजारबाट करिब २१ किलो ७ सय २५ ग्राम चाँदी जस्तो देखिने वस्तुबाट बनेका बिभिन्न किसिमका गरगहना सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा कैलाली घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने डम्बर प्रसाद ढुंगाना र कैलाली टिकापुर नगरपालिका-९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डे रहेका छन् ।

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे.१ च ३२१३ नम्बरको बलेरो गाडीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गरगहना फेला पारी गाडीमा सवार डम्बर र गाडीका चालक दिपकलाई पक्राउ गरेको हो । 

साथै प्रहरीले उनीहरूको साथबाट करिब १ लाख ६३ हजार ४ सय ८९ मूल्य बराबरका पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिब्बाहरु लगायतका सामानहरू समेत बरामद गरेको छ । 

उनीहरूलाई बरामद सामान सहित आवश्यक कारबाहीका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित