युक्रेनको सीमामा रसियाली सेना निरन्तर बढेको दाबी
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७२ पटक पढिएको
अमेरिकाले युक्रेनको सीमामा रसियाली सेना निरन्तर बढेको दाबी गरेको छ । अमेरिकाले युक्रेन संकट समाधानका लागि पहल गरिरहेको बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसका अनुसार्, ‘यो छुट्टै सम्भावना छ कि सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए । केही सातादेखि युक्रेनको सीमामा रसियाले एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ ।
प्रतिक्रिया दिनुहोस