पेट्रोलियम पर्दाथको कारोबारमा उलेख्य वृद्धि
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३३ पटक पढिएको
नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ ।

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३,४८,२९,००,००० लाख बढी मूल्यको १०,०७,६९० लिटर इन्धन बढी आयात भएको हो ।
डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन पेट्रोलियम पर्दाथअन्तर्गत पर्दछन् । वीरगञ्ज नाका प्रयोग गरी आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा रु ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा रु ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको छ।
अवधिको तुलनामा यो समीक्षा १०५% बढी मूल्यको १४४% इन्धन आयात भएको हो । कोरोना कोरोनाले प्रभावित भएका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य इन्धनको आयातमा कमी आएको थियो । चालू आ.व.को पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएकाले आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए।
आ.व.को पहिलो छ महिनाको तुलनामा चालू आ.व.को सोही अबधिमा पेट्रोल २५%,डिजल २२%, हवाई इन्धन ३,२८८%, खाना पकाउने ग्याँस १५% बढी अयात भएको छ भने मट्टितेलको आयात ४०% कम भएको गुप्ताले बताए।