सीमा विवादमा भेट्न आह्वान : युक्रेन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२६ पटक पढिएको
युक्रेनले रुस र युरोपेली सुरक्षा परिषद्का अन्य सदस्यहरूलाई सीमा विवादमा भेट्न आह्वान गरेको छ।
रुसले सीमामा सुरक्षाकर्मी तैनाथ गर्ने बारे विवरण उपलब्ध गराउने औपचारिक अनुरोधलाई बेवास्ता गरेको परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले बताए । उनले "पारदर्शिता" को लागि रूसको योजनाहरू छलफल गर्न अर्को ४८ घण्टा भित्र "बैठक" आह्वान गरेका छन्।
रुसले सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरे पनि युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ । तर, केही पश्चिमी राष्ट्रहरूले रुसले युक्रेनमा सैन्य आक्रमणको तयारी गरिरहेको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले एक विज्ञप्तिमा मस्कोले जुनसुकै बेला हवाई आक्रमण गर्न सक्ने बताएको छ। एक दर्जनभन्दा बढी देशले युक्रेनबाट स्वदेश फर्किन आफ्ना नागरिकलाई आग्रह गरेका छन् । केही देशले राजधानी किभबाट कामदार फिर्ता बोलाएका छन् ।
भियना सम्झौतामा आधारित रहेर शुक्रवार युक्रेनले रुसको मनसायबारे जवाफ खोजेको बताइएको छ । रुस समेत सदस्य रहेको त्यस सम्झौतालाई युरोपमा सहकार्य र सुरक्षाका लागि अन्तर सहरकारी संगठन (ओएससीई) ले स्वीकारेको छ।