युक्रेन छोड्न अनुरोध

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११९ पटक पढिएको

आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न एक दर्जनभन्दा बढी देशहरुले अनुरोध गरेका छन् । पश्चिमेली देशहरुले रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । 

इजरायल,इटाली,अस्ट्रेलिया, नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले उनका परिवारलाई र आफ्ना कूटनीतिक कर्मचारी  फिर्ता बोलाएका छन् । आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न अमेरिका, जर्मनी र बेलायतलगायतका देशहरुले भनेको छ । 

क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छिन् । 

फोनवार्तामा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले  अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् । 

अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताउँदै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित