यमनमा अपहरणमा राष्ट्रसंघका कर्मचारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०३ पटक पढिएको

पाँच जना राष्ट्रसंघका कर्मचारी दक्षिणी यमनमा अपहरणमा परेका छन् । राष्ट्रसंघका अनुसार फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेका हुन्। यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाइले अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरु अपहरणमा परेको बताएका थिए ।

गिकाइले भने,‘अपहरित कर्मचारीहरुको रिहाईका लागि राष्ट्रसंघ अधिकारीहरुसँग नियमित सम्पर्कमा छ’  । साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरानसँगको गठबन्धन गरेको हुथी समूहविरुद्ध सन् २०१५ देखि लडिरहेको छ । राजधानी सानाबाट हुथी विद्रो्हीले  सरकार अपदस्थ गरेपछि सन् २०१५ मा गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गरेको थियो । 

दशौं हजार मानिस द्वन्द्वका कारण मारिएका छन् भने लाखौं विस्थापित भएका छन्, जसका कारण गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित