मच्छिन्द्र फुटबल क्लब विजयी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९९ पटक पढिएको
शहीद स्मारक‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल युथ क्लब लाई २–० गोल अन्तरले पराजित गरेको हो। मच्छिन्द्रका लागि शनिबारको खेलमा बिमल घर्ति मगर र सुनिल बलले एक–एक गोल गरे ।
रंजित धिमालले लिएको खेलको पहिलो कर्नर–किकमार्फत खेलको १७औं मिनेटमा बिमल घर्ति मगरले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५औं मिनेटमा सुनिल बलले गोल गर्दै टिमलाई थप बलियो बनाए।
यो जीतसँगै मछिन्द्र फुटबल क्लब मनाङ मर्स्याङदी क्लबसंग ७ अंकको अन्तर सहित तालिकाको पहिलो स्थानमा छ । जितपछि मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ। त्यस्तै १० खेलबाट ५ अंक बटुलेको च्यासल युथ क्लब तालिकाको अन्तिममा छ ।
प्रतिक्रिया दिनुहोस