कोरियाली तानाशाह किम जोङसँग सम्पर्कमा : ट्रम्प
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३०२ पटक पढिएको
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साथीहरुलाई आफू कोरियाली तानाशाह किम जोङ सँग सम्पर्कमा रहेको बताएका छन् । ‘ट्रम्प दी कन्फिडियन्स मेन’ पुस्तक कि लेखकले यस्तो खुलासा गरेकी हुन् ।

पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने बताएकी छन् । उनले दाबी प्रमाणित गर्न नसकिने वा सत्य नहुन सक्ने पनि बताएकि छिन् ।
सन् २०१८ मा दुई जनाबीच पत्र आदान प्रदान हुँदा आफू र किम ‘प्रेममा परेको’ ट्रम्पले जानकारी दिएका थिए । यद्धपी कोरियाली प्रायद्धीप निशस्त्र पार्ने बारेमा सम्झौता गर्न उनीहरु असफल भएका थिए ।
अन्तर्राष्ट्रिय समुदायबाट आणविक र मिसाईल कार्यक्रमका कारण एक्लिदै गएको उत्तर कोरियालाई हेर्दा किम र पूर्वराष्ट्रपति ट्रम्प बीचको संवादलाई अस्वभाविक मानिन्छ। उत्तर कोरियाले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै व्यालिस्टिक मिसाइल परीक्षण गरिरहेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर किमसँग दुई पटक वार्ता गरेका थिए । तर दुबै वार्ता बिना निस्कर्ष टुंगिएका थिए ।