१,३६९ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १३४ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप २,२३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १,३६९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ८ सय ८० जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९५.८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६४ पुगेको छ ।

त्यस्तै आज २ लाख २० हजार ६ सय १ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित