वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। बिहीबार शम्भुप्रसाद यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको हो ।

सुब्बा पोखरी ठेक्काबापत दिनुपर्ने पैसा नदिई ३५ लाख २१ हजार २०४ पैसा पच पारेको आरोपमा उनीमाथि अख्तियारले मुद्दा दर्ता गरेको हो ।

सुब्बा पोखरी वडाध्यक्ष यादवको निगरानीमा बनेको हो । वडाध्यक्षमा चुनिएपछि पोखरी हकभोग गरेवापत् उनले रकम नबुझाएको आरोपमा अख्तियारले अनुसन्धान थालनी गरेको थियो।

अख्तियारका अनुसार यादवले  निर्वाचित भएपछि कुनै पनि किस्ता नबुझाई आफ्नो पदको अपमान गरेका छन् ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले यादवसँग रकम बाराबरको बिगो र सजाय माग दाबी गर्ने बताए ।    

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित