प्रचन्ड नेपाल बालुवाटारमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२३ पटक पढिएको

देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल बालुवाटार स्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनिहरुबिच आज बिहान भेटवार्ता भएको देउवाको सचिवालयले जनाएको छ ।

पछिल्लो समय निकै नै विवादित एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने तर केही समय लिएर मात्रै अघि बढाउनुपर्ने प्रचण्ड र नेपालले बताएका छ्न्| देउवाले आफ्नो बोली नफेरी आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्ने अडान लिए ।

एमसीसीसँगको सम्झौता अनुमोदनबारे सत्ता गठबन्धनभित्रै मेलमिलाप छैन । शीर्ष नेताहरु एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने पार्टीभित्रका कार्यकर्ता त्यसको बिरोधमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित