सिटीको सहज जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९२ पटक पढिएको

बुधबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । घरेलु मैदानमा भएको उक्त्त खेलामा सिटीले टोटनहम लाई २-० ले पराजित गरेको थियो ।  

पेनाल्टीको सही सदुपयोग गर्दै पहिलो हाफको ४०औं मिनेटमा महारेजले सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६९औं मिनेटमा डि ब्रुयनले गोल गरेपछी सिटीको जित भएको थियो । यो जितसँगै सिटीले ६० अंक सहित शीर्ष स्थान बनाएको छ । दोस्रो स्थानको लिभरपुलको ४८ अंक छ  । 

त्यसैगरी साउथह्याम्पटनले टोटनहम लाई ३-२ ले हराएको छ । जान बेडनारेकको आत्माघाती गोलसंगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो । जितमा अर्मान्डो ब्राजा, मोहम्मद  र चे एडाम्सले एक एक गोल गरे ।

जितसँगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक सहित  १० औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित