कम्तिमा दुई साताभित्र बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१४ पटक पढिएको

प्रधानमन्त्री बोरिस जोनसनले कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने बताएका छन् । संसदमा बोल्दै उनले कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाउन लागिएको जानाकारी गराएका थिए ।

बेलायतमा कोभिड परीक्षण पोजेटिभ देखिएपछि आइसोलेसनमा बस्नुपर्ने लगायतका नियमहरुको म्याद मार्च २४ मा सकिँदै छ । कोभिड संक्रमणको घटना घट्दै गएको र मृत्यु हुनेको संख्यामा उल्लेख्य गिरावट आएकाले सरकारले सबै प्रतिबन्ध हटाउने तयारी गरेको उनले बताएका छन् ।

सरकारी तथ्याङ्क अनुसार गत मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ जना नयाँ संक्रमित थपिएका थिए । यो अघिल्लो हप्ताको तुलनामा ४१.१ प्रतिशतले कम हो । बेलायतमा १० दिन अघिसम्म दैनिक पोजेटिभ केस एक लाख थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित