प्रदर्शन रोक्न ट्रक चालकलाई ट्रुडोको आग्रह

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९२ पटक पढिएको

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरूलाई राजधानी ओटावामा प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

सरकारले कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरेपछि ट्रक चालकहरू प्रदर्शनमा उत्रेका हुन् । भैरहेको प्रदर्शनको कारण राजधानी ओटावा ठप्प भएको ट्रुडोको भनाइ छ ।

आन्दोलनका सहभागीले लगातार गाडीका हर्न तथा चर्का साइरन बजाउने र पटाका पड्काउने साथै चालकहरूले सडकमा टेन्ट र गाडी राखेर यातायातमा समेत अवरोध गरिरहेका छन् ।

प्रदर्शनकारिले  दुर्व्यवहार, चोरी र सार्वजनिक तथा निजी सम्पत्तिमा समेत क्षति पुर्‍याएका जनाइएको छ । ‘क्यानाडेलीलाई प्रदर्शन गर्ने अधिकार छ , सरकारविरुद्ध आवाज उठाउने र सुनाउने अधिकार पनि छ तर उनीहरूलाई देशको अर्थतन्त्र र लोकतन्त्र ठप्प पार्ने अधिकार छैन । यो रोकिनैपर्छ ।’ट्रुडोले भनेका छन् ।

त्यस्तै प्रदर्शनका क्रममा भएका गतिविधिले आफू आश्चर्यमा परेको जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित