सोमालियामा धेरै जनाताहरुमा भोकमरी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०५ पटक पढिएको

संयुक्त राष्ट्रसंघले सोमालियामा धेरै जनाताहरुमा भोकमरी छाउने बताएको छ । भोकमरीका कारण कम्तीमा पनि ४३ लाख जनाता प्रभावित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ । 

गत जनावरीमा नै ३२ लाख मानिसलाई भोकमरीले छोइसकेको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ ह्जार मानिसहरुले आफ्नो घर छोडेर हिँडेको जनाएको छ ।

भोकमरीमा परेका जनाताहरुलाई आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित